काठमाडौं उपत्यकाको मातातीर्थ सब स्टेसनको उद्घाटन आज

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो ३ बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्न लागेका हुन् ।

 

त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ २२० केभी सब स्टेसन निर्माण गरिएको हो । यो परियाजनाले काठमाडौं उपत्यकाको विद्युत माग सम्बोधन हुनुका साथै समग्र विद्युत प्रणालीमा सुधार हुने प्राधिकरणले अपेक्षा राखेको छ ।

 

प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना शुरु गरिएको हो । आयोजनाको अनुमानित लागत साढे ६ अर्ब रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

इतिहासकार ज्ञानमणिको निधन

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ ।   लामो समयदेखि मुटु रोगलगायत समस्या झेल्दै आएका...

सभामुख घिमिरे र दलका प्रमुख सचेतक छलफलमा

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल सुरू गरेका छन् ।   संघीय संसद भवन नयाँ...

पूर्वराजा शाह साेमबार ललितपुर जाने

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुर जाने भएका छन् । जिल्लावासीको विशेष निमन्त्रणामा सोमबार पूर्वराजा शाह ललितपुरमा जान लागेका...

संसदमा नीति तथा कार्यक्रमको रिहर्सल

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक चल्न दिने भएसँगै संसद भवन सिँगारिएको छ...

वडा सदस्यले कुटे प्रधानाध्यापक

काठमाडाैं । दाङको राजपुर गाउँपालिका वडा नम्बर-७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ३८ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाला...

.