भोलिदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले भोलिदेखि सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ ।

 

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाउन लागिएको हो ।अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार ८०० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् ।

 

यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिएपनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 

सात जिल्लाका १०१ स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधी खुवाउने बताइएकाे छ ।

‘सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखियो’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको बताएका छन् ।   मंगलबार संसदको संयुक्त...

सरकारले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने 

काठमाडौं । सरकारले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।   मंगलबार संसदको संयुक्त बैठकमा...

प्रतिनिधिसभा बैठक जेष्ठ ३ गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको बैठक जेष्ठ १ गतेसम्मका लागि स्थगित भएको छ ।   आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली...

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ । उच्च अदालत पाटनमा भइरहेको बहस नसकिएपछि...

प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि...

छानबिन समितिको माग गर्दै कांग्रेसले गर्‍यो राष्ट्रिय सभाको बैठक अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियस भाको बैठक अवरोध गरेको छ ।   सरकारको नीति तथा कार्यक्रम...

.