‘बौद्धिक पलायन रोक्न पाठ्यक्रममा आमूल परिवर्तन जरुरी छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक (परिमार्जन) बनाउनुपर्ने बताएका छन् ।

 

शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बढ्दो बौद्धिक पलायन रोक्न पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताए ।

 

‘युवा-विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरुरी देखिन्छ’, प्रधानमन्त्रीले भने, ‘प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।’

 

प्रधानमन्त्रीले  युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधन विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिए ।

‘सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखियो’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको बताएका छन् ।   मंगलबार संसदको संयुक्त...

प्रतिनिधिसभा बैठक जेष्ठ ३ गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको बैठक जेष्ठ १ गतेसम्मका लागि स्थगित भएको छ ।   आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली...

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ । उच्च अदालत पाटनमा भइरहेको बहस नसकिएपछि...

प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि...

छानबिन समितिको माग गर्दै कांग्रेसले गर्‍यो राष्ट्रिय सभाको बैठक अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियस भाको बैठक अवरोध गरेको छ ।   सरकारको नीति तथा कार्यक्रम...

पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखियाे : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका छन् ।   पार्टीको केन्द्रीय कमिटी...

.