उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न निर्वाचन आयोगको पाँच बुँदे निर्देशन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । निर्वाचन आयोगले उपनिर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सम्बद्ध निकायमा पाँच बुँदे निर्देशन जारी गरेको छ ।

 

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचन मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयललाई निर्देशन दिएको हो ।

 

आयोगको आजको बैठकले उपनिर्वाचन हुने जिल्लाको विद्युत र खानेपानी आपूर्तिको व्यवस्था नियमित गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको छ ।

 

निर्वाचन क्षेत्रभित्रको यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन आयोगले निर्देशन दिएको छ ।

 

इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रतिनिधि सभा १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

‘दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सीप मेलाको लक्ष्य हो’

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छन् ।  ...

‘देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्ने बताउनुभएको छ ।...

श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ : महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका...

‘श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि हो’

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धि विवाद स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धि...

‘श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्छ’

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगहरुको...

वैशाख २५ गते बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडाैं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।   कानुन, न्याय...

.