सांसद् डा .सुनील शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

 

सांसद् शर्माले बिहीबार हेपाली हाइटमा रहेको डा. कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) पुगेर सहयोग गरेका हुन् ।

 

रकम हस्तान्तरण गर्दै डा.शर्माले राज्यले गर्नुपर्ने काम डा. कोइरालाले आफैँ गर्न लागेको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सहयोग उपलब्ध गराएको बताए ।

 

कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ ।

 

कियोचले राजधानीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने छ । सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा.कोइरालाले बताए ।

‘दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सीप मेलाको लक्ष्य हो’

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छन् ।  ...

‘देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्ने बताउनुभएको छ ।...

श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ : महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका...

‘श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि हो’

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धि विवाद स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धि...

‘श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्छ’

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगहरुको...

वैशाख २५ गते बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडाैं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।   कानुन, न्याय...

.