शैक्षिक कार्यक्रम विकास गर्न खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । खेलकुदसम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने लक्ष्यसहित युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

सिंहदरबारस्थित मन्‍त्रालयमा बुधबार निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

भविष्यमा खेलकुद विज्ञान, व्यवस्थापन र शिक्षालाई सँगसँगै लैजाने उद्देश्यले सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

 

विश्वविद्यालयमा खेलकुद सम्बद्ध अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको कोर्स, स्नातक, स्नातकोत्तर र विद्यावारिधिका निम्ति सम्भाव्यताको खोजी गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

 

सम्झौतामा शैक्षिक संस्थामा खेलकुद सम्बद्ध परियोजनाको विकास गर्ने, खेलकुद क्षेत्रमा अनुसन्धानको वृद्धि गर्ने, अन्य अवसरको खोजी गर्ने लगायत समेटिएका छन् ।

‘दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सीप मेलाको लक्ष्य हो’

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छन् ।  ...

‘देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्ने बताउनुभएको छ ।...

श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ : महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका...

‘श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि हो’

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धि विवाद स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धि...

‘श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्छ’

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगहरुको...

वैशाख २५ गते बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडाैं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।   कानुन, न्याय...

.