चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे नै बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे समितिको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ।