sevenstartv.com ११ चैत २०८१, सोमवार

पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै

१९ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पेरिस पारालिम्पिकस्‌ अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेपले पलेशासहित नेपाली टीमलाई नगर परिक्रमासहित भव्य स्वागत गर्ने कार्यक्रम राखेको छ । राखेपका अनुसार टोली अहिले ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।  साढे ८ बजे र्‍याली गरिने छ भने साढे ९ बजे राखेप प्राङ्गण त्रिपुरेश्वरमा स्वागत गरिने कार्यक्रम छ।

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुग्ने छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्