एन्फा महिला लिग: कर्णाली प्रदेश र चन्द्रपुर नगरपालिकाले बराबरी खेले

काठमाडौं । एन्फा महिला लिग अन्तरगत आज भएको पहिलो खेलमा कर्णाली प्रदेश र चन्द्रपुर नगरपालिकाले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सुरुवाती अग्रता लिएको कर्णालीलाई १-१ को बराबरीमा रोक्दै चन्द्रपुरले अंक बाँडेको छ । कर्णालीका लागि सातौ मिनेटमा सुनकला राईले गोल गरेकी थिइन् ।
रजनी थोकर गोल फर्काउन सफल भइन् । चन्द्रपुरले पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थियो ।