sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

कोशी प्रदेशसभाको बैठक भदौ १८ गते बस्ने

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेशसभाको बैठक भदौ १८ गते बस्ने भएको छ । चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित प्रदेशसभाको बैठक अझैसम्म बस्न सकेको छैन ।

जनसरोकारका विषय छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केही दिनअघि नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए ।

केन्द्रको राजनीतिक समीकरण बदलिएसँगै कोशीमा कांग्रेसमा सरकारमा को जाने भन्ने विषय नै टुंगो नलागेपछि कांग्रेसको मन्त्रिपरिषद्‌मा सहभागी भएपछि बैठक राख्ने सरकारको भनाइ थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्