sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । 

आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन्  । नेकपा एमालेका सांसद् आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच दलका सांसद्ले विश्वासको मत दिने भएकोबताइएको छ । 

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद् छन् । यी दुई दल मात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ । ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । 

मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्ने बताइएको छ ।  मुख्यमन्त्री आचार्यलाई जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाका सांसद्ले पनि विश्वासको मत दिने भएका छन् । जनमत र लोसपाका तीन–तीन जना सांसद् छन् । जसपाका दुई, जसपा नेपालका एक, नाउपाका चार सांसद् छन् ।  

लुम्बिनीमा माओवादीका १०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक एक जना सांसद् छन् । १३ जना सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वास मत नदिने बुझिएको छ ।   

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्