कांग्रेसले फागुन ९ देखि २१ सम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले फागुन ९ देखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गररेर कांग्रेसले यसबारे जानकारी दिएको हो ।
नेपाली कांग्रेसको केन्द्रिय सूचना, सञ्चर तथा प्रचार विभागले अभियान सात वटै प्रदेशमा गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा विभागका सचिव गोपाल झाले सात प्रदेशका राजधानीमा गरिने कार्यक्रमको उद्देश्य अहिले देशमा देखिएको निराशा चिर्नु रहेको बताएका हुन् ।
उनले देशमा भएका सकारात्मक कुरामाथि नकारात्मक भाष्य खडा गरेर उत्पन्न भ्रम चिर्न अभियान सञ्चालन गर्न लागिएको बताएका छन् । उनले देशमा २००७ सालमा कांग्रेसले खेलेको भूमिका, देशको विकास निर्माणमा नीतिगत रुपमा खेलेका भुमिकाहरुबारे जानकारी गराइने बताए ।