sevenstartv.com ९ चैत २०८१, शनिवार

तोप नै हाने पनि अबको १७ महिना सरकार नढल्ने प्रधानमन्त्री ओलीको दाबी

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा कूटनीतिक तवरमा काम गरिरहेको भनाई

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही गरेपनि नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले दुई दलबीच उच्च समझदारी भएकाले निर्वाचन अघि सरकार कुनजै हालतमा नढल्नउ बताएका हुन् । 

कांग्रेससँगको सहमति अनुसार आफू लगभग ७ महिना प्रधानमन्त्री भइसकेको र अबको १७ महिनामा आफैं छाड्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आफूलाई हराउनेगरी कुनै पनि बल प्रयोग नगर्न पनि विपक्षीलाई आग्रह गरेका छन् । उनले औषधि हालेर फलफूल पकाउने गरेको उदाहरण सुनाउँदै आफूलाई त्यसबाट कुनै असर नहुने जिकिर गरे ।  साथै, उहाँले १७ महिनासम्म तोप नै हाने पनि आफू नेतृत्वको सरकार नढल्ने तर्क गरेका छन् । 

यसैबीच प्रधानमन्त्री ओलीले कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताए । सामाजिक सञ्जाल, संसद र आम नागरिकले केआईआईटी अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा छानबिनको माग गरिररहँदा प्रधानमन्त्री ओलीले यस्तो बताएका छन् । 

यसअघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कूटनीतिक पहल मार्फत छानबिन गर्न माग गरेको थियो । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै निकालिदिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्