'एउटा सदनका सांसदलाई अर्को सदनले खेद प्रस्ताव पारित गर्नु दुःखद'

काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले संसद दुई सदनबीच द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताएका हुन् । उनले यस्तो द्वन्द्व बढ्दै गए संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउन बताए ।
उनले राष्ट्रिय सभा भनेको वृद्धाश्रम नभएको पनि बताए । उनले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने बताएका छन् ।