sevenstartv.com ९ चैत २०८१, शनिवार

पश्चिमी मालीमा सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु

भग्नाशेषमा अझै पुरिएको हुनसक्ने अधिकारीहरुको भनाई

४ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये एक हो र उत्खनन् स्थलमा प्रायः घातक पहिरो र दुर्घटनाहरू हुने गर्दछन् । 

विश्वका सबैभन्दा गरिब देशहरू मध्येको एक यस देशमा बहुमूल्य धातुको अनियमित खनन् नियन्त्रण गर्न अधिकारीहरूले संघर्ष गरिरहेका छन् । एक स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गरे भने केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृत्यु संख्या ४८ रहेको जनाएको छ । पीडितको खोजी जारी रहेको वातावरणीय संगठनका प्रमुखले बताए । 

शनिबारको दुर्घटना एक चिनियाँ कम्पनीले पहिले सञ्चालन गरेको परित्यक्त स्थलमा भएको थियो । जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो र धेरै जना बेपत्ता भएका थिए । तीमध्ये धेरैजसो महिला थिए । एक वर्षअघि शनिबारको पहिरो गएकै क्षेत्रमा रहेको एक सुन खानी स्थलमा सुरुङ भत्किँदा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्