sevenstartv.com ९ चैत २०८१, शनिवार

आकाश ,करुणा र पेज थापा फिचर्ड 'न्यानो स्पर्श' सार्वजनिक (भिडियो)

४ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडाैं । गायक रमन धिमालको रोमान्टिक नयाँ गीत 'न्यानो स्पर्श' सार्वजनिक भएको छ । आर बी खड्काको शब्दरचना र सुवास सेंचुरीको संगीत रहेको गीतमा 'भ्यालेन्टाइन डे'को अवसर पारेर शुकबार सार्वजनिक गरिएको हो ।

पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ र पेज थापाको अभिनय रहेको म्युजिक भिडियोलाइ प्रहिल कार्कीले निर्देशन गरेका हुन् । पहिलो पहिलो प्रेममा परिरहेको बेला मन खेलिरहेको भावनालाई भिडियोमा देखाइएको छ ।

बुद्ध थापाको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई गायक धिमालको अफिसियल युट्युब च्यानल रमन धिमाल ( Raman Dhimal ) मार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्