sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

स्टन्टबाजीका रुपमा कुनैपनि काम हुँदैन् : प्रधानमन्त्री ओली

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्टन्टबाजीका रुपमा आफूहरुले कुनैपनि काम नगर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले संविधा संशोधनको विषय उठाउँदा आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।

पार्टी मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उहाँले सरकार र सत्तारुढ गठबन्धनले कुनैपनि खालको भ्रम सृजना गर्नेगरी काम नगर्ने बताउनुभयो । उहाँले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

उहाँले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोशिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले समृद्ध नेपालः सुखी नेपाली बनाउने लक्ष्य अनुरुप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको बताउनुभयो ।  

प्रधानमन्त्री ओलीले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्य अनुसार सरकार अघि बढिरहेको दावी समेत गर्नुभयो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्