sevenstartv.com ७ फागुन २०८१, बुधवार

बेचन झाको मुद्दामा मिसिल झिकाउन अदालतकाे आदेश

२२ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ ।

झाको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले मंगलबार  मिसिल झिकाउने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालत पुगेका थिए । झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा फरार रहेका थिए ।

पछि भारतबाट पक्राउ गरी ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोग पत्र दर्ता गराएको थियो । उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते  सर्वोच्च अदालत पुगेका थिए । 

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । झाको हकमा माघ ३ गते पहिलो सुनुवाइ हुँदै सर्वोच्चले कारण देखाऊ आदेश जारी  गरेको थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्