sevenstartv.com ७ फागुन २०८१, बुधवार

नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियानः स्वास्थ्यमन्त्री पौडेल

२२ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले शुरुवात गरेको बताउनुभएको छ । मंगलवार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताउनु भयो । उहाँले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति शुरुवात गरिएको दाबी गर्नुभयो । उहाँले अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गर्ने बताउनु भयो । उहाँले नेपालका धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मुत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरुले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उल्लेख गर्नुभयो ।

उहाँले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क रहेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान अवस्थालाई न्युनिकरण  गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम शुरु गरेको उल्लेख गर्नुभयो । उहाँले एचपिभी खोप विश्वमा परिक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनैपनि असर नगर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘यो खोपले मानिसहरुलाई कुनै पनि असर गर्दैन । परीक्षणबाट सफल भएको खोप हो । बिमारीलाई उपचार गर्ने दायित्व राज्यको हो । बिमारी बढ्दै गएको अवस्थामा क्षमता भन्दा बढी दायित्व वहन गर्न सजिलो हुँदैन । त्यसैले बिमारी हुन दिनको लागि खोपको व्यवस्था गरिएको हो । नेपालीलाई निरोगी कसरी बनाउन सकिन्छ । नयाँनयाँ समस्याहरु आइरहेका छन् । जलवायु परिवर्तनको प्रभाव बढेको छ । वातावरण परिवर्तनको प्रभाव बढेको छ ।

अखाद्य वस्तुको कारणले  रोग बढ्ने स्थिति देखिएको छ । भीडभाड र कोलाहालले मानिसहरुलाई रोगी बनाउने अवस्था देखिएको छ । रोग शारिरिक र फिजिकल मात्रै हुँदैन । मानसिक पनि हुन्छ । मानसिक रोग बढ्ने अवस्था पनि देखिएको छ । विमारी हुन नदिन कसरी सकिन्छ । नेपालीलाई निरोगी बनाउन सरकारले कस्ता अभियान चलाउन आवश्यक छ । एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वार्थ बनाउनको निम्ति सुरुवात गरिएको हो । हाम्रो भविष्य जुन अहिले कक्षा ६ देखि १० सम्मका पढ्दै हुनुहुन्छ । १० वर्षदेखि १४ वर्ष उमेर समूहको हुनुहुन्छ । आमाहरु,दिदिबहिनी र साथीहरु धेरैलाई पाठेघरको मुखको क्यान्सर भएर मुत्यु भयो । कतिपयले अहिले पनि समस्या भोगिरहनु भएको छ । भविष्यमा महिलाहरुले त्यस्तो अवस्था भोग्नु नपरोस भनेर खोप सुरु गरिएको हो । अहिले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा चार जना पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क वास्तविकता हो । त्यसलाई न्युनिकरण गर्दै हुन नदिनको निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि निरोधात्मक क्षेत्रमा काम सरकारले शुरु गरी सकेको छ ।

उहाँले सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रुपमा योजना बनाएर अघि बढेको बताउनु भयो । उहाँले कक्षा ६ देखि १० सम्मका सबै छात्राहरुलाई खोप पु¥याउन सबैले सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई उपलब्ध गराउने बताउनु भयो । उहाँले १० देखि १४ वर्ष उमेर समूहको संख्या करिव १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउने उल्लेख गर्नुभयो । सरकारले १७ लाख भन्दा बढी खोपको व्यवस्था गरिसकेको उल्लेख गर्नुभयो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्