sevenstartv.com ७ फागुन २०८१, बुधवार

निरोगी नेपाल बनाउन व्यापक प्रयासहरु गर्नेछौँः प्रधानमन्त्री ओली

२२ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताउनुभएको छ । मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरबिरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली नागरिकहरु बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताउनु भयो । उहाँले निरोगी नेपालका लागि व्यापक  प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभइ स्वस्थ रहनका लागि खानुपर्ने बताउनु भयो । उहाँले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताउनु भयो । 
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले निरोगी नेपालको नारा लिएका छौँ ।

यसका दुई वटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरु, बहुआयामिकपक्षबाट व्यापक प्रयास गर्छौं । मान्छे रोगी नहोस्, बिमारी नहोस् । यसका निम्ति मानिसको आहार, बिहारको मात्रै कुरा होइन । खाना भनेको पेट भर्ने मात्र होइन, स्वस्थ खाना हो । खाना भनेको स्वस्थ मात्रै होइन,पुग्दो, सन्तुलित र ठिक्क मात्रामा पनि हो । स्वस्थ खाना, सन्तुलि त खाना, आवश्यक मात्रामा खाना हुनुपर्छ । पेट भर्नका लागि खाना खाने होइन, स्वस्थ रहनका लागि खाना खाने हो । निरोगी नेपालको कन्सेप्ट यसमा आधारित छ । यसको अर्थ, हामीले उत्पादन गर्ने अन्नबालीमा छ । खानेकुराहरु जो उत्पादन गर्छौं त्यसको स्वस्थतामा छ ।स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने बताउनु भयो । बिरामी हुनै नदिने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । सन् २०३० सम्म पाठेघरको क्यान्सरबिरुद्धको अभियानलाई पूर्ण रुपमा सफल बनाउने प्रतिवद्धता जनाउनु भयो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्