sevenstartv.com ७ फागुन २०८१, बुधवार

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

२२ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका-१५ कि ५८ वर्षीया मैयाँ तामाङ गुरुङ पक्राउ परेकी हुन् । उनलाई सोमबार दिउँसो विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनीबाट सुनको रिङ १६ थान, टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्