sevenstartv.com ७ फागुन २०८१, बुधवार

क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना

२२ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गर्नुभएको छ । 
मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताउनु भयो । उहाँले क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताउनु भयो । उाँले समाजको काम गर्न कुनै ठूलो फण्ड आवश्यक पर्ने भन्दै सँगै मिलेर कामहरु गर्न जरुरी रहेको बताउनु भयो ।  उपसभामुख रानाले भन्नुभयो, ‘क्यान्सर लाग्नबाट जोगिन हामीले सावधानी अपनाउनुपर्छ । लाग्यो भनेपनि कसरी बच्न सकिन्छ भनेर हेर्नुपर्छ । परिवारको माया प्रेम चाहिन्छ । समाजको काम गर्न हामीलाई कुनै ठूलो फण्ड चाहिँदैन । सँगै मिलेर अलिअलि पैसा उठाएर हामी धेरै कामहरु गर्नसक्छौँ ।’

उपसभामुख रानाले क्यान्सरपीडितलाई माया गर्नुपर्ने बताउनु भयो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्