sevenstartv.com ७ फागुन २०८१, बुधवार

पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन

२१ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । सोमबार माइतीघरमा ‘नो केबलकार’ पक्षले विरोध गरेको हो । प्रदर्शनमा पाथीभरा क्षेत्रमा केबलकार बनाउन लागेपछि विरोध भइरहेको छ । 

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले जबर्जस्ती केबलकार निर्माण गर्न लागेको भन्दै विरोध जनाउनुभएको हो । केबलकारको सम्झौता खारेज गरेर अन्य ठाउँमा बनाउनुपर्ने उनले बताएका हुन् । सरकारले व्यापारीको पक्षमा लागेर पहिचानवादीलाई पाखा लगाउन लागेको भन्दै महतोले केबलकार बनाउने योजना फिर्ता नभएसम्म आफूहरू पछि नहट्ने चेतावनी दिए । 

धार्मिक आस्थामाथि खेलबाड गर्न लागेको भन्दै उहाँले सरकारले एकातिर वार्ता टोली गठन गर्ने र अर्कातिर केबलकार निर्माण गरिरहेको तर्क गरे । पाथीभरा क्षेत्रमा केबलकार बनाउन लागेको भन्दै केही पक्षले त्यसको विरोध गरिरहेको छ । आन्दोलन चर्केपछि एक सातादेखि यातायात ठप्प छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुईजनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो । 

फुङलिङ-१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माणको तयारी भइरहेको छ । दुई दशमलव ७५ किमी लामो दूरीको केबलकार निर्माणका लागि तीन अर्ब लगानी गर्ने आइएमई ग्रुपले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्