अमेरिकाले लगायो चिनियाँ सामानमा १० प्रतिशत कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । यसलाई लिएर चीनको वाणिज्य मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ। जसमा अमेरिकी कदमविरुद्ध उचित जवाफी कदम चाल्ने उल्लेख छ । चीनको वाणिज्य मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी अमेरिकी कदमको कडा विरोध गर्ने जनाएको छ ।
चीनले वक्तव्यमा अमेरिकी कदमलाई विश्व व्यापार संगठनको नियमको ‘गम्भीर उल्लंघन’ भनेको छ । चीनले यस किसिमको निर्णयले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई हानी पु¥याउने जनाएको छ । चीन अब अमेरिकाको ‘गलत व्यवहार’ विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने तयारीमा छ । चीनले आफ्नो हित र अधिकारका लागि जवाफी कदम चाल्ने पनि उल्लेख गरेको छ ।
यसअघि ट्यारिफको मामिलामा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा वाणिज्य मन्त्रालयका प्रवक्ता ही यादोङको भनाइ प्रकाशित भएको थियो । यसमा ट्यारिफले न त ची या अमेरिका न त बाँकी विश्वकै हितको अनुकुल रहेको टिप्पणी चीनको थियो । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रूथ सामाजिक सञ्जालमा ट्यारिफ लगाउने निर्णय अन्तरराष्ट्रिय आपातकालीन आर्थिक शक्ति अधिनियम ९आईईईपीए० अनुसार गरिएको बताएका थिए ।