sevenstartv.com ७ फागुन २०८१, बुधवार

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

२० माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गत आइतबार भइरहेको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १४१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा गएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनाएको हो ।

तेस्रो खेल खेलिरहेको नेपाल पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स दोस्रो जित निकाल्ने दाउमा छ । नेपाल श्रृङ्खलाको पहिलो खेलमा नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो । नेदरल्याण्ड्स भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

जारी श्रृङ्खलामा थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड दुई अंकसहित दोस्रो स्थानमा छ । नेपाल अहिलेसम्म अंकविहीन छ । आईसीसी वरीयतामा थाइल्याण्ड १३औँ, नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा रहेका टोली हुन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्