sevenstartv.com ७ फागुन २०८१, बुधवार

सरकारले ल्याएको अध्यादेश संविधान र कानुनसम्मत छ : अर्थमन्त्री पौडेल

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको अध्यादेश संविधान र कानुनसम्मत रहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ताका लागि प्रस्ताव गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले अध्यादेश गैरकानुनी र गैरसंवैधानिक अभ्यास तथा संविधानले प्रावधान गरे अनुरूप अध्यादेशको बाटोमा हिँडेको बताए । उनले सरकारले ल्याएको अध्यादेश संविधान र कानुन संम्वत रहेको बताए । 

उनले भने, ‘नयाँ बजेटको प्रारम्भ गर्ने समय भएको छ । बजेट सिलिङ निर्धारण लगायत अन्य कुराहरू छन् । समिति हुँदै संसदबाट विधेयक पारित हुँदासम्म लामो समय लाग्ने बजेट सम्बन्धी कार्य प्रभावित हुने देखियो । बजेट निर्माणको विषयमा सहजता होस भन्ने उद्देश्यको साथमा अध्यादेश ल्याएको हो । समितिमा भएको विधेयकमा भएको समय तालिकाको परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेश भएको हो ।’ 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्