sevenstartv.com ७ फागुन २०८१, बुधवार

एक्टरः टेक वन’को प्रिमियर सम्पन्न

१५ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

भक्तपुर । नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ग्राण्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । 
चलचित्रका अभिनेता द्वय प्रदीप खड्का र राजवल्लभ कोईराला साथै अभिनेत्री द्वय अन्नपूर्ण शर्मा र दिव्या रायमाझीको अभिनय रहेको चलचित्रमा चलचित्र क्षेत्रका कलाकारहरूसहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो ।

माघ १६ गते बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’ को प्रिमियरमा बोल्दै अभिनेता प्रदीप खड्काले कलाकार बन्नका लागि गरेको प्रयत्नबारे चलचित्रमा देखाइएको बताउनु भयो । अभिनेता राजवल्लभ कोईरालाले चलचित्र राम्रो बनेकाले दर्शकहरुलाई हेर्न आउन आग्रह गर्नुभयो ।  चलचित्र राजन भुसालले निर्देशन गर्नुभएको हो । यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो । चलचित्रमा अभिनेता खड्कासँगै अन्नपूर्ण शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोईराला, दिव्यदेव कोईराला, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भुमिका रहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्