sevenstartv.com ७ फागुन २०८१, बुधवार

मधेशको सरकारी कामकाजी भाषासम्बन्धी विधेयकको विरोधमा प्रदेशसभा अगाडि प्रदर्शन

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । मधेश सरकारले ल्याएको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक त्रुटीपूर्ण रहेको भन्दै युवाहरुले मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन् ।

मधेश प्रदेश सभामा पेश भएको विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै युवाहरूले मुख्यमन्त्रीको पुत्ला दहन गरेका हुन् । प्रदेशसभा भवन अगाडी मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुत्ला दहन गरिएको छ । 

विधेयकमा मातृभाषा छुटाएर आयातित भाषाहरूलाई स्थान दिइएको भन्दै आफूहरूले विरोध स्वरुप पुत्ला दहन गरेको युवा फुलगेन महतोले बताउनुभयो । शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधबार मधेशको कामकाजी भाषासम्बन्धी विधेयक सदनमा पेश गर्नुभएको थियो । सो विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रुपमा समेटिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्