प्रधानमन्त्री ओली शुक्रबार पाल्पा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पाल्पा जाने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन उनी पाल्पा जान लागेका हुन् ।
बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नेछन् । सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान ११ बजे बगानासकाली पुग्ने छन् ।
करिब एक घण्टामा यहाँको कार्यक्रम सकेर उनी तिनाउ गाउँपालिकाको भवन उद्घाटन गर्न जानेछन् । लगत्तै सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको प्रजिअ सुवेदीले बताए । त्यसपछि बुटवलस्थित जितगढीमा बुटवल(गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ।