sevenstartv.com ७ फागुन २०८१, बुधवार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको भौतिक आक्रमणको बिरोधमा कानुन व्यवसायी

६ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । कानून व्यवसायीहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरुद्धमा कालोपट्टी बाँधेर बिरोध जनाएका छन् ।  आइतबार नेपाल बार एशोसिएशनको परिसरमा कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका हुन् ।

सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा बारका सदस्यहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका हुन् । काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी प्रकरणबारे बहस गरेर बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो । सोही विषयमा कानून व्यवसायीहरुले आफ्नो सुरक्षाको सुनिश्चितता प्रत्याभुति गर्न दबाब स्वरुप बिरोध गरेका हुन् । 

बिरोध कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुद्दाको बहस सकेर फर्किने क्रममा अदालत परिसरमै कानून व्यवसायीहरुमाथि आक्रमण हुनुले कानून व्यवसायी असुरक्षित रहेको प्रमाणित भएको र कानूनी दायरा फराकिलो बनाउनुपर्ने माग गरे । लोकतन्त्रमा पेशा, व्यवसाय गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने बताए । 

वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भएको कुटपिट निन्दनीय रहेको बताए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्यपालनको सिलसिलामा कानून व्यवसायीमाथि आक्रमण हुनु भनेको समग्र न्यायिक प्रक्रियामाथिको आक्रमण भएको बताएका छन् । न्यायको पवित्रतामाथिको आक्रमण गर्ने छुट कसैलाई नरहेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्