sevenstartv.com ७ फागुन २०८१, बुधवार

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

६ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार सुुझाव कार्यदलको प्रतिवेदन र सुुझावबारे ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले सुधारको कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।

निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले बीमा कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिए । स्वास्थ्य तथा जनसंखयामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा. शम्भुु आचार्य, सदस्यहरू डा. भगवान कोइराला, डा.रघुुराम काफ्ले र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए । 

हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुुक्तानी गर्न बाँकी छ । यस कार्यक्रममा हाल कुल जनसंख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र त्यसरी आवद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनी रहेका सबै नागरिकको स्वास्थ्यसेवा निःशुुल्क गर्नुपर्ने ढाँचामा जान सुुझाव दिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्