धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा चल्यो डोजर

काठमाडौं । उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका-७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउने कार्य थालेको छ ।
वडा अध्यक्ष विमल होडासहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको हो । लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको थियो ।
चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध पनि गरेका छन् । ती संरचनामा अवस्थित विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका थिए ।