sevenstartv.com ७ फागुन २०८१, बुधवार

लुम्बिनी प्रदेश सभा बैठक आजदेखी

६ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक आजदेखी सुरु भएको छ ।

बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाएका छन् । त्यसपछि प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने क्रम सुरु भएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको  जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले दिने कार्यसूची छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्