sevenstartv.com ७ फागुन २०८१, बुधवार

हुम्लामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, ३ घाइते

६ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका-१ को होहराबाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको हो । नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर आज बिहान १० बजेतिर दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घाइतेहरूको उद्वारको प्रयास भइरहेको छ ।  

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्