sevenstartv.com ७ फागुन २०८१, बुधवार

खो खो विश्‍वकप : नेपालको पुरूष र महिला टोलीले आज क्‍वाटरफाइनलमा खेल्दै

४ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । खो खो विश्वकपको सेमिफाइनल प्रवेशका लागि नेपाली पुरुष तथा महिला टोलीले आज दुवै खेल खेल्ने भएका छन् ।  खेल भारतको इन्दिरा गान्धी इन्डोर स्डेडियममा हुनेछन् । 

नेपाली पुरुष टोलीले साँझ पौने ६ बजे बंगलादेशसँग खेल्न लागेको हो । बंगलादेश समूह एकको विजेता हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित छ। उसले श्रीलंका, दक्षिण कोरिया र पोल्याण्डलाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो ।

नेपाल समूह ए को उपविजेताका रुपमा अन्तिम आठमा स्थान बनाउने टोली हो। नेपालले भुटान, पेरु र ब्राजिललाई हराएको थियो। भारतसँग भने झिनो अन्तरले पराजित भएको थियो ।  यता महिला खो खो टोली भने समूह सीमा शतप्रतिशत जितसहित अन्तिम आठमा स्थान बनाउने अपराजित टोली हो। उसले आज दिउँसो पौने ५ बजे इरानसँग खेल्ने छ । 

इरान समूह एको उपविजेता हो। नेपालले समूह चरणमा बंगलादेश, श्रीलंका भुटान र जर्मनीलाई पराजित गरेको थियो। इरानले भने दक्षिण कोरिया र मलेसियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो भने भारतसँग पराजित भएको थियो । 

चार समूहमा रहेका १९ देशका महिला टोली विश्वकपमा सहभागी छन्  ।  सेमिफाइनलका खेल भोलि हुनेछन् भने उपाधि भिडन्त आइतबार हुनेछ । पुरुष तर्फ भने २० देश सहभागी भए । 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्