सर्वेन्द्र खनालले छाडे एमाले

काठमाडौं । सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमा समेत नरहेको घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’
उनले राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र राष्ट्रलाई महान् बनाउन सम्पूर्ण प्रयास जारी रहने उल्लेख गरेका छन् । उनले देश र जनताको हितका लागि सधैँ लडिरहने बताएका छन् ।