स्थानीय कला, संस्कृति तथा व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले भइरहेको पाल्पा महोत्सव ३ दिनका लागि थप

काठमाडौं । स्थानीय कला, संस्कृति तथा व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले भइरहेको पाल्पा महोत्सव ३ दिनका लागि थप गरिएको छ ।
पुस ९ देखि जारी महोत्सव १८ गते समापन गर्ने भनिएको थियो । तर, अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएकाले २१ गतेसम्म हुने गरी ३ दिन थप गरिएको पाल्पा महोत्सवका संयोजक नारायण न्यौपानेले बताएका छन् ।
कुटुम्ब मिडिया नेटवर्क प्रालिको र बगनासकाली गाउँपालिको प्रर्बन्धमा पाल्पाको बगनासकाली गाउँपालिका १ चिलाङदी खेलमैदान पाल्पा महोत्सव चलिरहेको छ ।
महोत्सवको उद्देश्य पर्यटन प्रबर्द्धन,शिक्षा ,प्राबिधी र झ्याउरे,सोरठी,रत्यौली, बाल भजन ,कौरा,मारुनी,लाखे,बन्चेबाजा, लोपोन्मुख कुमाल,बोटेल कला तथा स्थानिय उत्पादनको प्रवद्र्धन गर्दै अर्थतन्त्र चलायमान बनाउने महोत्सव राखिएको आयोजकले जनाएको छ ।