sevenstartv.com ७ फागुन २०८१, बुधवार

‘विदेश जा’ चलचित्र बन्ने, मुख्य भूमिकामा नारायण बिक

११ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नारायण विकको मुख्य भुमिकामा चलचित्र ‘विदेश जा’ बन्ने भएको छ । पारिवारिक, आर्थिक तथा सामाजिक कारणले वैदेशिक रोजगारीमा जान बाध्य भएका नेपालीको कथामा आधारित रहेर सोही चलचित्र बन्न लागेको हो ।  

अनिल बिडीआरको लेखन तथा निर्देशन रहेको चलचित्र ‘विदेश जा’ को निर्माता कबिता चौधरी र भीमप्रकाश बुढामगर रहने छन् । नेक्स्ट वल्ड मिडियाको ब्यानरमा निर्माण हुने फिल्मको कार्यकारी निर्माता सबनम चौधरी हुन् ।

फिल्ममा राम पोखरेल र सतीस बिक्रमको शब्द/संगीत रहने छ भने सुरेन्द्र कुमार शाहीले समेत संगित भर्नेछन् । फिल्मको पटकथा तथा सम्वाद लेखनमा अनिल बिडिआर र राम पोखरेल हुनेछन ।

चलचित्रको मुख्य भूमिकाको रुपमा नारायण बि.क छनौट भईसकेका छन् ।त्यस्तै अन्य कलाकारहरूमा सबनम चौधरी, सागर सिलवाल, चन्द्रकुमारी खड्का, कृष्ण श्रेष्ठ, वसन्त श्रेष्ठ, मोहन श्रेष्ठ, बिमला लिम्बू, रेखा महर्जन, सन्तोष लिम्बू, सुजाता राइ, नारान तामाङ, रोशिका कार्की, एल्जन कटुवाल, एलन कटुवाल, श्यामकाजी श्रेष्ठ, रमेश भुजेल छनाैट भएका छन् । चलचित्रको मुख्य भूमिकामा छनौट भएका नारायण बि.क ले बलिउड चलचित्र समबहादुरमा अभिनय गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्