sevenstartv.com ६ माघ २०८१, आइतवार

बागबजारको आराधाना कम्प्लेक्समा सुट मेला

१७ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको बागबजारस्थित आराधाना कम्प्लेक्समा सुट मेला, २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनमा सोमबार सुरु भएको मेला आगामी २०८२ वैशाख २५  गतेसम्म चल्नेछ ।

मेलामा ब्राण्डेड सटिङ तथा सुटिङका कपडा दर्जनौँ डिजाइनमा सुपथ मूल्यमा राखिएको महासंघले जनाएको छ । मेलामा आराधानामा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहेका छन् । 

मेला संयोजक अर्जुन बस्नेतका अनुसार इटालियन, इग्ल्याण्ड, बैंकक, भारत लगायत देशका उच्च गुणस्तरीय फेब्रिक राखिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्