गीतकार गणेश प्रसाईंको गीत 'कहाँ पर्यो घर' सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार एवं एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष, समाजसेवी गणेश प्रसाईंको पहिलो गीत 'कहाँ पर्यो घर' सार्वजनिक भएको छ ।
गायक तुलसी सिवाकोटीको स्वर र सरोज पोखरेलको संगीत रहेको गीतमा देवेश राइको एरेन्ज रहेको छ । भिडियोलाइ प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
'कहाँ पर्यो घर' को भिडियोमा उमर खान मेलिना पन्त र राजेन्द्र आचार्यको अभिनय रहेको छ ।
राजेश घिमिरेको सिनेमाटोग्राफी र पवन सुश्लिंगको सम्पादन रहेको भिडियोलाइ गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।