sevenstartv.com ६ माघ २०८१, आइतवार

बीआरआई अन्तर्गतका योजना अनुदानस्वरुप अघि बढाउन चीन सकारात्मकः परराष्ट्रमन्त्री राणा

१५ मंसिर २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताउनुभएको छ । चीन भ्रमण सकेर स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताउनुभएको हो । देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी  दिनुभयो । उहाँले भ्रमणमा दुई देशको परास्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ दुई देशको सम्बन्ध अघि बढाउने बारेमा छलफल गरेको बताउनु भयो । देशभित्रको परिस्थितिका कारण नेपाल ऋण लिनसक्ने परिस्थितिमा नरहेको कुरा राखेको बताउनु भयो । सो बारेमा चीन सरकारले आफूहरु आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवं नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेण्डाहरु ल्याउन आग्रह गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुई देशको परास्परिक सम्बन्धलाई कसरी अघि बढाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने भन्नेमा धेरै जसो छलफल भयो । यसमा व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्छ भन्ने हाम्रो धारणा राखियो ।

नेपालको स्वाधिनतालाई सहयोग गर्ने, स्वतन्त्रतामाथि सहयोग गर्नेकुरा राख्नुभयो । हामीले पनि एक चीन नीतिमा सहयोग गर्ने प्रतिवद्धता जनायौँ । ट्रान्स हिमालयन मल्टी डाइमेस्नल कनेक्टीभिटी नेटवर्क रहेको छ नेपालको बारेमा धेरे परामर्श भयो । यसलाई अगाडि बढाउने कुरा चल्यो । विभिन्न आयामहरुमा विगतका प्रधानमन्त्रीज्यु, परराष्ट्रमन्त्रीज्युहरुको भ्रमणमा भएका प्रोजेक्टहरुको बारेमा रिन्यु गर्नुपर्छ भन्यौँ । उहाँहरुले यसलाई पोजिटिभ्ली नै लिनुभयो । तपाईंहरुले पन इन्टरनल होमवर्क गरेर आउनुस्, हामी पनि इन्टरनल होमवर्क गर्छौं कुनकुनमा सहयोग गर्ने हामी पनि छलफल गर्छौं भन्नुभयो ।

नेपालको तर्फबाट अहिले हामीले लोन लिनसक्ने अवस्थामा छैनौँ, हामी एकदमै ग्राण्ड तपाईंहरुबाट प्राप्त हुने आशामा छाँै भन्नेकुरा राख्यौँ । देशभित्रको परिस्थितिका कारण लोन लिनसक्ने परिस्थिति छैन भन्नेकुरा उहाँलाई स्पष्ट राखेँ । उहाँले यो कुरा राम्रोसँग सुनिदिनु भयो । अब आउने भ्रमणमा अझ कुराहरु अघि बढ्छ ।

परराष्ट्रमन्त्री डा. राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा धेरै विषयहरु अघि बढ्ने अपेक्षा गर्नुभयो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्