sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

कोशी प्रदेश सभा बैठक आज, यस्ता छन् कार्यसूची

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ ।

 

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिने नलिने आजको बैठकमा टुंगो लाग्नेछ ।

 

एमालेको समर्थनमा कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले राजीनामा दिइसकेका छन् ।

 

कात्तिक १ गते मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएका थिए । सोही दिन बसेको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो सो बैठक आजका लागि बोलाइएको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्