कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको हो ।
यो समिति पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको छ । यहीँ मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन मिति घोषणा भएको छ । जसको तयारीमा दलहरू लागेका छन् ।