sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

साउदी अरबमा भीषण हिमपात

२० कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । साउदी अरबका केही ठाउँमा भीषण वर्षा र हिमपात भएको छ । देशको अल-जौफ मरुभूमिमा भीषण हिमपात भएको हो । यो क्षेत्रको इतिहासमा पहिलो पटक हिमपात भएको जनाइएको छ । सुक्खा मौसमका लागि परिचित ठाउँमा हिमपात हुनुलाई अनौठो मानिएको छ । सामान्यतया उक्त क्षेत्रमा भीषण वर्षा र असिना परेपछि यो हिमपात भएको हो । यसलाई यो क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार अल जौफमा हिमपातको चिसो स्याँठले सुक्खा ठाउँमा पहिले कहिल्यै नदेखेको दृश्य देखिएको छ। यो घटनाले मौसमविद्हरू आश्चर्यमा परेका छन् । साउदी अरबले गत हप्तादेखि असामान्य मौसमको सामना गरिरहेको छ । अल(जौफका केही भागमा बुधवार भीषण वर्षा र असिनाले क्षति पुर्‍याएको थियो । यसपछि उत्तरी सीमा, रियाद र मक्का क्षेत्रमा पनि पानी परेको थियो। मौसममा आएको यो परिवर्तनका कारण तबुक र अल बहा क्षेत्र पनि प्रभावित भएका छन् ।

साउदी अरबमा हिमपात दुर्लभ हो तर वर्षौँदेखि मौसममा परिवर्तन भइरहेको छ। केही वर्षअघि अरब मरुभूमिमा तापक्रममा नाटकीय गिरावट आएको थियो र यो माइनस २ डिग्री सेल्सियस पुगेको थियो । यसका लागि जलवायु परिवर्तनको व्यापक प्रभावलाई जिम्मेवार मानिन्छ । पश्चिम एसिया जलवायु सम्बन्धी प्रभावहरूको लागि सबैभन्दा कमजोर क्षेत्रमध्ये एक हो । बदलिँदो वायुमण्डलीय अवस्थाका कारण मरुभूमिमा हिमपात जस्ता असामान्य घटना भइरहेको विज्ञहरू बताउँछन् । यो वर्षको शुरुमा साउदी अरबको राजधानी रियादमा भीषण वर्षापछि ठूलो बाढी आएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्