sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

भोलि त्रिभुवन विश्वविद्यालयमा शोक विदा

२० कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि शोक बिदा दिएको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालयले शोक बिदा दिएको हो ।

शिक्षाविद् समेत रहेका ७३ वर्षीय शर्माको कात्तिक १६ गते निधन भएको थियो । उनको निधनमा शोक व्यक्त गर्दै विश्वविद्यालयले एक दिन त्रिवि केन्द्रीय कार्यालयलगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द हुने जनाएको छ ।

त्रिवि कार्यकारी परिषद्को २०७२ चैत ४ गते बसेको बैठकको निर्णय नम्बर ४०३ ले त्रिविका पदाधिकारी ९पूर्वपदाधिकारी समेत०को निधनमा शोक बिदा दिने निर्णय गरेको थियो । सोही आधारमा एक दिन शोक बिदा दिइएको जनाइएको छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्