sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद

२० कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने प्रहरीले बताएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो । 

रविको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै रिहा गर्न माग गरेका हुन् ।  

पीडितको पक्षमा युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गरेको अदालत स्रोतले जनाएको छ। अदालतमा म्याद थप गर्ने या नगर्ने भन्नेबारे पक्ष विपक्षमा बहस सकिइसकेको भएपनि न्यायाधीशले आदेश सुनाइसकेका छैनन् । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्