रवि लामिछानेको म्याद थपबारेको बहस सकियो
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको म्याद थपबारेको बहस सकिएको छ । आज कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो ।
बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।