तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्य घट्यो, कतिमा भइरहेकाे छ कारोबार ?
काठमाडौं । तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । आज छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो ।
यस्तै मंगलबार चाँदीको मूल्य घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ ।