भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तरी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुइ दर्जन घाइते भएका छन् ।
दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा आज बिहान ८स्३० बजे भएको थियो । मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो । दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली तैनाथ गरिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय रहेका छन् । पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ भने घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा लगिएको छ ।