sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

'छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्छ'

१९ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले छठलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गरेका छन् । 

आज बिहान उनले पोखरीको स्थलगत अनुगमन गरेका हुन् । सो क्रममा मन्त्री यादवले पोखरी क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण र अधुरा संरचनाहरूको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए ।   मन्त्री यादवले छठ हाम्राे सांस्कृतिक पहिचान र आस्थाको प्रतिविम्ब भएको बताएका छन् ।

मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक र सुरक्षित बनाउन वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूलाई एकजुट भएर काम गर्न अनुरोध गरे । यसलाई गरिमामय र सफल बनाउन वीरगञ्ज महानगरपालिका, धार्मिक संघ–संस्था र नागरिक समाजले एकताबद्ध प्रयास गर्नु जरुरी छ । सरसफाइ तथा अन्य व्यवस्थापनमा कुनै पनि कमी नगर्न आग्रह गर्दै छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्ने बताएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्